ad ad

समाज


काँडाघारीमा भेटिइन् २६ दिनकी शिशु, एक महिला पक्राउ

काँडाघारीमा भेटिइन् २६ दिनकी शिशु, एक महिला पक्राउ

बच्चा लिएर हिँडिरहेकी महिलाको सीसीटीभी फुटेजको दृश्य


नेपालखबर
फागुन १२, २०८० शनिबार ६:२५, काठमाडौँ

काठमाडौँको थापाथलीस्थित प्रसूतिगृहबाट हराएकी २६ दिनकी शिशु काँडाघारीमा फेला परेकी छन्।

शिशुलाई काँडाघारीमा फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। ती शिशुलाई लिएपछि प्रसूतिगृहबाट बेपत्ता भएकी महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो १२ बजे प्रसूतिगृहमा फलोअप उपचारमा ल्याइएकी २६ दिने शिशुलाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी थिइन्।

जन्डिसकी बिरामी ती शिशुको फलोअप उपचारका लागि बूढानीलकण्ठ नगरपालिका १२ की २२ वर्षीया सविना श्रेष्ठ जेठानीसहित प्रसूतिगृह आएकी थिइन्। 

प्रहरीले शिशुलाई लिएर बेपत्ता हुने महिलालाई पक्राउ गरे पनि उनको परिचय भने खुलाएको छैन। ती महिलाले शिशु लैजानुको कारण पनि खुलेको छैन। 

सीसीटीभी दृश्यका आधारमा खोजी गर्ने क्रममा महिला फेला परेकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .