ad ad

समाज


वैद्यका कार्यकर्ताले दले सीटीईभीटीका उपाध्यक्ष अधिकारीलाई मोसो

वैद्यका कार्यकर्ताले दले सीटीईभीटीका उपाध्यक्ष अधिकारीलाई मोसो

नेपालखबर
फागुन ६, २०८० आइतबार १६:२८, काठमाडौँ

पछिल्लो समय मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीनिकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले सरकारी निकायका प्रमुखहरूलाई दुर्व्यवहारको श्रृंखला तीव्र बनाएको छ।

देशका विभिन्न जिल्लासहित काठमाडौंका सरकारी कार्यालयमै पसेर प्रमुखहरूलाई मोसो दल्ने अभियान उक्त संगठनले  तीव्र बनाएको हो। 

शुक्रबार दूग्ध विकास संस्थानका महामप्रबन्धक सञ्जीव झालाई मोसो दलेको उक्त संगठनले आइतबार सीटीइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीलाई पनि सानोठिमीस्थित कार्यालयमै पुगेर दुर्व्यवहार गरेको छ। 

संगठनले सीटीइभीटीका उपाध्यक्ष अधिकारीलाई मोसो दलेपछि १२ बुँदे स्पष्टीकरण निकालेको छ। जसमा सीटीइभीटी नियमावली, २०५१ को परिच्छेद-२ को नियम ३ (ख) को उपनियम २ बमोजिम निजी कलेज सञ्चालक मनोनयन हुन नसक्ने व्यवस्था हुँदाहुँदै कानुन अधिकारी जस्केलाबाट परिषद उपाध्यक्ष बनेको आरोप लगाइएको छ।

त्यस्दै परिषदको नियमावली, २०५१ को परिच्छद-२ को नियम ४ बमोजिम उपाध्यक्षको काम, कर्तव्य र अधिकारविपरीत गएर परिषदलाई हानिनोक्सानी गरेको आरोप पनि लगाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .