राजनीति


सांसदका प्रश्नको जवाफ दिन मन्त्री ज्वालालाई सभामुखले गराए ध्यानाकर्षण

सांसदका प्रश्नको जवाफ दिन मन्त्री ज्वालालाई सभामुखले गराए ध्यानाकर्षण

नेपालखबर
फागुन ६, २०८० आइतबार १६:२२, काठमाडौँ

सभामुख देवराज घिमिरेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई संसद्मा उठेका प्रश्नहरूको जवाफ दिन ध्यानाकर्षण गराएका छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले माग गरेका थिए।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जना युवाहरूको ज्यान जाने घटनामा दोषी देखिएकाले उनलाई पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूको माग थियो। सरकारले बनाएको छानबिन समितिले पनि मन्त्री ज्वालाकै कारण सो घटना घटेको निष्कर्ष निकालेको छ।

आजको बैठकमा उनको विषयमा प्रश्न उठेपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली ०७९ को नियम १५ तर्फ ध्यानाकर्षण गराउँदै सात दिनभित्र जवाफ दिन ध्यानाकर्षण गराएका हुन्।

‘बैठकको शून्य समय, आकस्मिक तथा विशेष समयमा माननीयज्यूहरूले उठाउनुभएका विषयका सम्बन्धमा सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा जवाफ दिनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावली ०७९ को नियम १५ मा रहेकोतर्फ म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले आइतबारको बैठकमा भनेका छन्।

साथै, बैठकको शून्य समय, आकस्मिक तथा विशेष समयमा सम्बन्धित मन्त्रीले जवाफ दिन प्रतिनिधिसभाको कार्यतालिकामा समेत समावेश गरिएको व्यहोरा समेत सभामुख घिमिरेले जानकारी गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad