प्रहरीले ३४ वटा कछुवासहित एक जनालई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको हरिसिद्धि गुमोजका २२ वर्षीय डेबिट महर्जन रहेका छन्।
विशेष सूचनाका आधारमा महर्जनलाई पुल्चोकको लाबिम मलबाट महानगरीय अपराध महाशाखाकाे टाेलीले पक्राउ गरेको हो।
महर्जनले १२ लाख रुपैयाँमा कछुवाको कारोबार गर्न लागेको प्रहरीले जनाएको छ। उनलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तीबन ललितपुर पठाईएको छ।
प्रतिक्रिया