ad ad

समाज


मिर्गौला दिन आमा तयार, प्रत्यारोपण गर्ने पैसा भएन

मिर्गौला दिन आमा तयार, प्रत्यारोपण गर्ने पैसा भएन

नेपालखबर
माघ २८, २०७६ मंगलबार ८:५९,

जीवनमा केहि गर्ने जोश र जाँगरका साथ अघि बढिरहेका रोशन राई १२ कक्षामा अध्ययनरत थिए। विशेषगरि उनको रुचि गायनमा थियो। उनी बजारमा आएका आधुनिक, पप, फिल्मी गीतहरु हुबहु गाउँथे। साथी, परिवार तथा शिक्षकहरु पनि उनको प्रतिभाबाट प्रभावित थिए र रोशन एकदिन ठुलो गायक बन्छ भन्ने कुरामा ढुक्क पनि थिए।

बुवा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा थिए। घरमा आमा, एउटा भाई, एउटा वहिनीका साथ रोशन बस्दथे। १२ कक्षा पास गरेर काठमाडौं जाने अनि पढाई र कामको साथ आफ्नो गायक बन्ने सपना पुरा गर्ने र भाईबहिनीको जिम्मेवारी बहन गर्ने उनको योजना थियो। किनकी उनको बुवाको पनि विदेशमा भनेजस्तो राम्रो नभएर नेपाल फर्कने योजनामा थिए।

भगवानले राम्रो स्वर दिएको रोशनको मिर्गौला भने जन्मँदै एउटा मात्र थियो। एउटा मात्र मिर्गौलाले पनि राम्रै काम गर्ने र बच्चैदेखि स्वास्थ्यमा खासै समस्या नआएकोले बेला बेलामा रोशनको एउटा मात्र मिर्गौला छ भन्ने कुराको हेक्का समेत हुँदैन थियो। एक्कासि १२ कक्षामा पढ्दापढ्दै रोशन बिरामी भए। ज्वरो आउने, जिउ सुन्निने हुन थाल्यो। सुरुमा परिवारले सामान्यनै समस्या होला भन्ने सोचे।

चितवनकै हस्पिटलमा जचाइयो तर रिपोर्ट आउँदा सबैजना छाँगाबाट खसेजस्तो भए। भर्खर १९ वर्ष लागेका र जन्मँदै एउटा मात्र मिर्गौला लिएर आएका रोशन राईको त्यही एउटा मृगौलाले पनि काम नगर्ने भयो अथवा बोलिचालीको भाषामा भनौ मिर्गौला फेल भयो। छोराको यस्तो खबरले उनको बुवा पनि विदेशबाट फर्किए। आफूसँग भएको खर्च र ऋण सहयोग छोरालाई काठमाडौं ल्याउँदै डाइलासिस गराउँदै सकियो।

घरको आर्थिक स्थिति झ्नझ्न नाजुक भयो्। रोशनलाई उपचारको लागि काठमाडौं ल्याईराख्नपर्नाले रोशनको पढाई र बुवाको काम पनि छुट्यो। आमा हिँडिरहन नमिल्ने साना साना नानीहरुलाई पनि हेर्नपर्ने। यसरीनै २ वर्ष बित्यो।

आफ्नो भर्खरको छोरा थलिएको देख्न नसकेर र डाइलासिसको सँधैको दुख तथा आउजाउको आर्थिक भार तथा छोराले नयाँ जीवन पाउने आशमा आमा विवा राईले छोरालाई एउटा मिर्गौला दिने निर्णय पनि गरिन्। सबै टेस्ट गर्दा डोनर म्याच पनि ग¥यो तर समस्या झन् थपियो। मिर्गौला प्रत्यारोपण गर्न १०, १२ लाख खर्च लाग्ने देखियो।

घरको आर्थिक अवस्था एकदमै नाजुक रहेकोले र भर्खरको रोशन राईले नयाँ जीवन पाउन भन्ने हेतुले विरामी रोशन तथा उनको परिवारले जतिसक्दो सहयोगको लागि सम्पूर्ण देश विदेशमा रहेका नेपालीहरुलाइै आह्वान गरेका छन्। सहयोगको लागि रोशनको परिवारले ९८११२५३९४८ मा सम्पर्क गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .