दाङको घोराहीमा गोली प्रहार गरी एक महिला प्रहरीको हत्या भएको छ।
दामोदर चोकमा गोली प्रहारबाट धनमाया थापाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले बताए।
धनमायालाई उनका पति यमबहादुर झाँक्रीले गोली प्रहार गरेका हुन्। उनीहरु दुवै जना जवान हुन्।
यमबहादुर नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत थिए भने धनमाया वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन्।
गोली प्रहार गर्ने यमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीआईजी कडायतले जानकारी दिए। गोली प्रहार गर्नुको कारण खुल्न बाँकी रहेको कडायतले बताए।
759
Shares

प्रतिक्रिया