ad ad

कर्णाली


कर्णाली सरकारबाट बाहिरिने कांग्रेस संसदीय दलका नेता शाहीको चेतावनी

कर्णाली सरकारबाट बाहिरिने कांग्रेस संसदीय दलका नेता शाहीको चेतावनी

नेपालखबर
फागुन ३, २०८० बिहिबार २२:८, सुर्खेत

कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रसबीच खटनपटन सुरू भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले गठबन्धनबीच खटनपटन भएको संकेत दिएका हुन्।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै नेता शाहीले अराजकताको अवस्थामा कर्णालीमा कांग्रेस सरकारबाट बाहिरिनु उपयुक्त हुने उल्लेख गरेका छन्।

उनले सरकारमा सहभागी भएका मन्त्रीहरुलाई सरकारबाट बाहिर आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘यो अराजकताको अवस्थामा कर्णालीमा कांग्रेस सरकारबाट बाहिरहनु उपयुक्त हो। सोही बमोजिम कांग्रेसबाट सहभागी मन्त्रीहरूले व्यवस्थापन गर्दा राम्रो होला।’

नेकपा माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारमा कांग्रेसबाट तीन जना मन्त्री छन्।

जसमा आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णबहादुर बिसी र समाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल मन्त्री बनेका छन्।

माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले नतिजा प्राप्त हुने कुनै पनि काम नगरेको कांग्रेस संसदीय दलका नेता शाहीको आरोप छ।

मुख्यमन्त्री शर्माको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केही महिना अगाडी कांग्रेसले सर्मथन फिर्ता लिने मौखिक चेतावनी समेत दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .