ad ad

समाज


त्रिवि उपकुलपतिबारे तोसिमाको प्रश्न : बौद्धिक चोरी र भ्रष्टाचारमा परेकाले कति नम्बर पाए?

त्रिवि उपकुलपतिबारे तोसिमाको प्रश्न : बौद्धिक चोरी र भ्रष्टाचारमा परेकाले कति नम्बर पाए?

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०८० सोमबार १३:१७, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सरकारलाई घेरेकी छन्।

सोमबार सिंहदरबारमा बसेको संघीय संसद्को शिक्षा, स्वास्थ तथा विज्ञान प्रविधि समितिको बैठकमा बोल्ने क्रममा उनले सरकारमाथि प्रश्न उठाएकी हुन्। 

शिक्षा सचिव सुरेश अधिकारीसमेत उपस्थित बैठकमा उनले त्रिविमा उपकुलपति नियुक्तिलाई लिएर भएको छलफलमा कुनै संवेदनशीलता नदेखिएको पनि बताइन्। 

‘प्रधानमन्त्रीज्यूले केही एक्सपर्टलाई बोलाएर छलफल गर्नुभयो, तर विज्ञहरूले दिएको सुझाव कहाँ गयो?’, उनले सोधिन्, ‘योग्यताक्रमका आधारमा सर्ट लिस्टेड बनाइएको हो भने बौद्धिक चोरी र भ्रष्टाचारमा परेकालाई कति नम्बर दिइयो? हामीले यसमा गम्भीर भएर सोच्न पर्दैन? राजनीतिक हिसाबले खुलेका र निर्वाचनमा टिकटसमेत पाएकाहरू कसरी सेलेक्सनमा पर्नुभयो?’ 

कार्कीले उपकुलपतिका लागि बनाइएको सूचीमा शंका गर्नुपर्ने ठाउँ रहेको बताइन्। ‘यहाँ त शंका गर्ने कुरै छ, पूर्वकार्यकाललाई किन मूल्यांकन गरिएको छैन? यदी सिफारिस कमिटीले आवेदन माग्नुलाई मात्र प्रक्रिया मानेको भए एक जनामा मात्र प्रश्न उठ्दै गर्दा अरु १४ जनामा पनि शंका गर्ने ठाउँ छ’, उनले भनिन्, ‘विश्वविद्यालयमा बौद्धिक चोरी गर्नुपर्ने रहेछ भनेर सिकाउन खोजेको हो? गलत इतिहास बोकेकाहरू छनौटमा पर्छन् भने कस्ता ब्यक्ति नपरेका हुन?’ 

कार्कीले सिफारिस समितिको ‍औचित्यमाथि नै प्रश्न उठाइन्। ‘सिफारिस समिति के का लागि बनेको हो? इतिहास त क्लिन हुनपर्‍यो नि?’, उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .