ad ad

राजनीति


माओवादीले अब तराई-मधेस जागरण अभियान चलाउने

माओवादीले अब तराई-मधेस जागरण अभियान चलाउने

तस्बिर : सरोज बैजु


नेपालखबर
माघ २९, २०८० सोमबार १३:२३, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रले अब तराई-मधेस जागरण अभियान चलाउने भएको छ।

आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा बोल्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसबारे जानकारी दिएका हुन्। 

प्रचण्डले अहिले राष्ट्रिय सभा गृहमा जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै तराई-मधेस जागर अभियानको घोषणा गरेका हुन्।

'अब हामी तराई-मधेस जागरण अभियान गर्छौं,' उनले भने।

यसअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेका बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म करिब १९ सय किलोमिटर लामो मध्यपहाडी यात्रा अभियान चलाएको थियो।

पछिल्लो समयमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि तराई-मधेसमा झरेर मेची-महाकाली संवाद यात्रा चलाइरहेका छन्।

अब माओवादीले पनि तराई-मधेस जागरण अभियान चलाउने भएको हो। माओवादीले यसअघि तीन महिने विशेष रुपान्तरण अभियान चलाइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .