समाज


गृहमन्त्रीले भने : सरुवा गरिएका कर्मचारी विमानस्थल अध्यागमन जान मान्दैनन्

गृहमन्त्रीले भने : सरुवा गरिएका कर्मचारी विमानस्थल अध्यागमन जान मान्दैनन्

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८० आइतबार १३:३६, काठमाडौँ

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लो समय त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा भएर कर्मचारी जान नमान्ने गरेको बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्। 

‘अहिले विमानस्थल अध्यागमन कार्यालयमा जाने कर्मचारी पाइँदैन। पहिला तँछाड-मछाड हुन्थ्यो’, उनले भने, ‘हाम्रा कर्मचारी राम्रो ठाउँ बस्न आएको विश्वास गुम्यो होला। हामी गृह मन्त्रालयका कर्मचारी हामी नै खटाउँछौँ। अध्यागमनमा खटाइएका कति कर्मचारी त्यहाँ जान सकेका छैनन्।’ 

उनले अहिले अध्यागमन अटो मेसनमा गएको पनि बताए। श्रेष्ठले अबको केही समयमा अन्तराष्ट्रियस्तरको अध्यागमन बनाउने पनि बताएका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .