समाज


डिसी मेट्रो सप्ताहमा २० लाख ३४ हजार डलर संकलन

डिसी मेट्रो सप्ताहमा २० लाख ३४ हजार डलर संकलन

विजय थापा
असार १५, २०७६ आइतबार १४:१८,

अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना भएको डिसी मेट्रो सप्ताह २०१९ सफलताका साथ सम्पन्न भएको छ। अमेरिकी नेपाली समुदायको ईतिहासमा सबैभन्दा ठूलो चन्दा रकम २० लाख ३४ हजार डलर संकलन गर्दै नयाँ ईतिहास रच्न सफल भएको छ।

अमेरिकामा रहेका नेपाली समुदायले विभिन्न राज्यहरुमा आयोजना गरेका सप्ताह महापुराणहरु मध्ये सबैलाई उछिन्दै सर्वाधिक दान रकम संकलन गरि किर्तिमान कायम गरेको छ। अहिलेसम्म अमेरिकामा आयोजना गरिएका सप्ताह मध्ये कै यति ठूलो नगद उठेको यो पहिलो अभिलेख हो।

यो रकम जम्मा ८ सय २० जना दाताहरुबाट जुटेको हो। डिसी मेट्रो सप्ताह २०१९ नामक सप्ताह गत जुन २२ देखि जुन २९ सम्म चलेको थियो। जुन २२ का दिन कलस यात्रा गरी सप्ताह पुराण सुरु गरिएको थियो।

आयोजकका अनुसार हाल सम्म संस्थापक आजीवन सदस्य ५ सय ८ जना, संस्थापक गुठियार (ट्रष्टी) सदस्य १ सय ४६ जना, संस्थापक बेनेफ्याक्टर (उपकारी) सदस्य २९ जना, संस्थापक संरक्षक १० जना, संस्थापक प्लाटिनम सदस्य ८ जना र वार्षिक सदस्य १ सय १९ जना रहेका छन्। 

अहिलेसम्म कै सर्वाधिक ज्यादा दान दिने डिसी मेट्रो सप्ताह २०१९ का संयोजक रहेका अरुण रुपाखेती भएका छन्। गत जुन २९ सप्ताह समापनका दिन समाजसेवी तथा डिसी नेपाली समाजका संस्थापक रुपाखेतीले ५५ हजार ५ सय ५५ डलर ५५ सेन्ट दान गर्ने घोषणा गरेका थिए। उनले उक्त घोषणा सपरिवार साथ घोषणा गर्दै आफू सदैव संस्कृति, परम्पराको रक्षा गर्न लागि परेको भन्दै आफू सामान्य घण्टा हान्ने काम गर्ने भएता पनि यो महान अभियानमा धन भएर हैन मन भएर यति रकम दान गरेको बताए।

यसै गरि गत बिहिबार जुन २७ का दिन अभियन्ता तथा व्यवसायी प्रेम भण्डारीले ५० हजार डलर चन्दा दान गरेका थिए। संरक्षक घोषणा गरेका १० जनाले प्रारम्भमा गुठियार सदस्य, बेनेफ्याक्टर (उपकारी) प्लाटिनम सदस्य बन्ने घोषणा गरेका थिए भने समापनका दिनसम्म संरक्षक बन्ने घोषणा गरेका थिए।

सप्ताहको समापन जुन २९ को एकै दिनमा ७ लाख डलर संकलन भै नयाँ कृतिमान कायम भएको छ। स्मरण रहोस् अहिले सम्म कै ईतिहास मै डिसी महानगर क्षेत्रका नेपाली समुदायहरु यसरी जुटेको पहिलो पटक देखिएको छ। यस्तो एकता सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी लगाउदा यस्तो एकता देखिएको थियो।

डिसी महानगर क्षेत्रको भर्जिनियामा अहिलेसम्म नेपालीहरुको सामुदायिक केन्द्र नभएको, समुदायमा यसको अभाव खट्किएको र अपरिहार्यता भएकोले यत्रो ठूलो रकम संकलन गर्न सबै नेपाली समुदायले ऐक्यबद्धता जनाई उदाहरण प्रस्तुत गरेका छन्।

यस्का मुख्य पहलकर्ता सामाजिक अभियन्ता ददिराम ढुंगाना लगायत यसलाई साथ दिने र सामुदायिक भवन परियोजनाको परिकल्पना देख्ने सामाजिक अभियन्ताहरुको सपना साकार हुने पक्का भएको छ।

dc1

भर्जिनियाको मनासस स्थित सकृय संस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस)ले केही महिना अगाडी पशुपतिनाथ मन्दिर बनाउन भनि खरिद गरेको जग्गा र यसको परियोजना पनि नेपाली अमेरिकन सामुदायिक केन्द्रको परियोजनामा एकता भएको घोषणा भएको छ। असल कारणको लागि डिसी महानगरका नेपाली समुदाय एक ढिक्का हुने रहेछन भनि प्रमाणित गरेको छ।

यसै गरि गत जुन २८ का शुक्रबारका दिन सप्ताहमा अहम भूमिका निर्वाह गर्ने चिकित्सक मदन उप्रेती र अनामिका उप्रेतीले पहिले २० हजार डलर दान गरी प्लाटिनम सदस्ता लिई सकेता पनि एक मिलियन (१० लाख) भन्दा माथि चन्दा संकलन भएमा दोब्बर बनाउने प्रतिबद्धता अनुसार ४० हजार दान गरी संरक्षक बनेका छन्।

सप्ताहका मुख्य आकर्षणको रुपमा नेपालबाट झिकाइएका वाचन प्रवीण दीनबन्धु पोखरेलले बैज्ञानिक पद्दतिको माध्यमबाट भागवत गीताको सारलाई सरल भाषामा लयबद्द तरीकाले प्रस्तुत गरि सप्ताह समापन गरेका थिए।

स्मरण रहोस अमेरिकामा पेशागत रुपमा रहेका नेपाली अ–ईन्जिनियर्स ( अभियन्ता) चिकित्सक लगायत सवै वर्गका समुदायको उल्लेख्य योगदान रही डिसी मेट्रो सप्ताह नयाँ ईतिहास कोर्न सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad