ad ad

समाज


सञ्चारसम्बन्धी विधेयक सरोकारवालासँग छलफल गरेर मात्रै ल्याउन महासंघको आग्रह

सञ्चारसम्बन्धी विधेयक सरोकारवालासँग छलफल गरेर मात्रै ल्याउन महासंघको आग्रह

फाइल तस्बिर


नेपालखबर
माघ २३, २०८० मंगलबार १८:३४, काठमाडौँ

नेपाल पत्रकार महासघलेले सञ्चारमाध्यमसँग जोडिएका विधेयक ल्याउँदा सरोकारवाला पक्षसँग व्यापक छलफल गर्न आग्रह गरेको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका उपलब्ध पदाधिकारी तथा सदस्यहरूको मंगलबार बसेको बैठकले उक्त आग्रह गर्ने निर्णय लिएको हो।

बैठक कार्यवाहक अध्यक्ष रमेश विष्टको अध्यक्षतमा बसेको हो। महासघका केन्द्रीय सचिव  गोविन्दप्रसाद  चौलागाईंका अनुसार 
बैठकले महासंघको २७औँ महाधिवेशन सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्रता दिन केन्द्रीय समितिको बैठक यथाशीघ्र बोलाउने निर्णय गरेको छ। 

बैठकले महाधिवेशनका लागि सदस्यतासहित शाखा, प्रतिष्ठान, एसोसिएट र प्रदेश समितिहरूको अधिवेशनसमेत सम्पन्न गर्ने आवश्यक तयारी अघि बढाउने निणर्य गरेको छ। 

सरकारले संसद्को चालू अधिवेशनमा सञ्चार विधेयकहरू प्रस्तुत गर्ने तयारी गरेकोलाई सकारात्मक रुपमा लिँदै महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

त्यसैगरी सञ्चारसम्वद्ध विधेयकहरू नेपालको संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता र हाम्रा अभ्यासहरूको आधारमा अघि बढाउन महासंघ सरकारसँग महासंघले माग गरेको छ।

'विधेयकहरू महासंघसहितका सरोकारवाला पक्षहरूसँगको व्यापक छलफल र परामर्श गरेर संसदीय प्रक्रियामा लगियोस् भन्ने माग गर्दछ', चौलागाईंले भनेका छन्, 'समग्र सञ्चार क्षेत्र नै गम्भीर संकटमा परेको वर्तमान अवस्थामा सञ्चार क्षेत्रलाई संरक्षण गर्ने नीति अवलम्बन गर्दै स्वरोजगारमूलक सञ्चारमाध्यमले यतिबेला थप संकटको समाना गरेको यथार्थलाई ध्यान दिँदै लोककल्याणकारी विज्ञापनको वृद्धि, समानुपातिक विज्ञापनको वितरण, सञ्चारमैत्री वातावरण निर्माण गर्न र न्यू मिडियाहरूलाई वर्गीकरण गरी लोककल्याणकारी विज्ञापन वितरण गर्न महासंघ माग गर्दछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .