ad ad

समाज


मनीषा कोइराला र हिमानी शाहबीच रोचक संवाद (भिडिओ)

मनीषा कोइराला र हिमानी शाहबीच रोचक संवाद (भिडिओ)

नेपालखबर
माघ १९, २०८० शुक्रबार १७:५८, काठमाडौँ

पूर्वयुवराज्ञी हिमानी शाहले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर चर्चा गरेकी छन्।

भीएफवाई टक्समा अभिनेत्री मनिषा कोइरालासँग कुरा गर्दै हिमानीले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवनका विविध पाटा खोलेकी छन्।

मनिषाले पहिलो प्रश्न सोध्छिन्, ‘हामी जान्न चाहन्छौं, यहाँको बाल्यकाल र स्कुल जीवन कस्तो रह्यो?’

जवाफमा हिमानीले आफूले बाल्यकालमा आमाको माया पाउन नसकेको बताइन्। आफू ६ वर्षको हुँदा आमाको निधन भएको र बुवाले हेरचाह गरेको स्मरण गरिन्। तीन दिदीबहिनीलाई बुवाले नै विद्यालय लैजाने ल्याउने गरेको र आफूहरु साथीजस्तै भएर बसेको उनको भनाइ छ।

‘ह्वेन आई वाज सिक्स, मुमा स्वर्गबास होइबक्स्यो। हामी तीन जना दिदीबहिनी, आफै (बुवा)ले हेरिबक्सेको थियो, हामीलाई स्कुल पुर्याउने, ल्याउने सबै उहाँले नै गरिबक्सेको थियो’ उनले भनिन्, ‘हामी तीनजना सिस्टर्स एज अ फ्रेन्ड्स्। मिलेरै बसेका थियौँ। रमाइलै थियो। तीनजनाको साथ थियो। बुवाको माया थियो।’

संवादमा हिम‍ानीको बाल्यकालदेखि विवाह, उनको अध्यन, छोराछोरीकाे भविष्यलगायत विषयमा कुराकानी भएको छ।

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .