ad ad

कला


साउद स्टार थलापति विजयले खोले नयाँ राजनीतिक दल

साउद स्टार थलापति विजयले खोले नयाँ राजनीतिक दल

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०८० शुक्रबार १८:२, काठमाडौँ

दक्षिण भारतीय सुपरस्टार थलापति विजयले राजनीतिमा प्रवेश गरेका छन्। शुक्रबार थलापतिले राजनीतिक दलको घोषणा गर्दै राजनीतिमा प्रवेश गरेको जानकारी दिएका हुन्।

केही समयदेखि उनी राजनीतिमा आउन लागेको खबर बाहिरिएको थियो। यसैबीच, विजयले एक प्रेस विज्ञप्ति निकाल्दै राजनीतिक पार्टी तमिझागा वेत्री कझगम (विजयी तमिल संघ) घोषणा गरेका छन्।

नयाँ पार्टी खोले पनि सन् २०२४ को लोकसभामा चुनावमा भाग नलिने र अरु कुनै दललाई समर्थन नगर्ने बताएका छन्। 

‘धर्म, जात र जताततै भ्रष्टाचार मात्रै देखिने वर्तमान राजनीतिक वातावरणलाई मध्यनजर गर्दै भ्रष्टाचारमुक्त, प्रगतिशील र धर्मनिरपेक्ष सरकारको लक्ष्य राखेको छु,’ उनले लेखेका छन्। 

तमिल एक्टर विजय पछिल्लोपटक 'लियो' मा देखिएका थिए। सन् २०२३ मा रिलिज भएको यो फिल्म हिट भएको थियो।

यसअघि रजनीकान्त, कमल हासन र पवन कल्याण जस्ता साउथका धेरै सुपरस्टारहरूले राजनीतिक क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .