मंगलबार अपराह्न भक्तपुरको सूर्यविनायक नगरपालिका-५, कटुन्जे भैरव मन्दिरनजिक खाली जग्गामा २ वर्षका सजिन भुजेल खेलिरहेका थिए। रामेछापको मन्थली नगरपालिका-७, घर भई हाल कटुन्जे बस्ने उनी खेल्दाखेल्दै त्यहाँ बोरिङका लागि खनिएको १५ फिटको खाल्डोमा खसे।
परिवार र स्थानीयले आत्तिँदै फोन गरेपछि प्रहरी प्रभाग कटुन्जे र प्रहरी वृत्त जगातीबाट तत्काल प्रहरी खटिए।
एक घण्टाको प्रयासपछि प्रहरीले मंगलबार ५ः५० बजे बालकको सकुशल उद्धार गर्यो।
उद्धारमा आरएनए १६ र स्थानीयले पनि सहयोग गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
नेपाल प्रहरीले उक्त बच्चाको उद्धार गरिएको भिडिओ सामाजिक सञ्जालमा राखेको छ। जुन भाइरल भइरहेको छ।
हेर्नुहोस्-
— Nepalkhabar (@nepalkhabar) February 1, 2024भक्तपुरको बोरिङबाट २ वर्षका बालकको उद्धार pic.twitter.com/RwBTuZbj90
Shares

प्रतिक्रिया