ad ad

समाज


भक्तपुरमा बोरिङको १५ फिट गहिरो खाल्डोबाट बालक निकालिएको भिडिओ भाइरल

भक्तपुरमा बोरिङको १५ फिट गहिरो खाल्डोबाट बालक निकालिएको भिडिओ भाइरल

नेपालखबर
माघ १८, २०८० बिहिबार ११:५२, काठमाडौँ

मंगलबार अपराह्न भक्तपुरको सूर्यविनायक नगरपालिका-५, कटुन्जे भैरव मन्दिरनजिक खाली जग्गामा २ वर्षका सजिन भुजेल खेलिरहेका थिए। रामेछापको मन्थली नगरपालिका-७, घर भई हाल कटुन्जे बस्ने उनी खेल्दाखेल्दै त्यहाँ बोरिङका लागि खनिएको १५ फिटको खाल्डोमा खसे। 

परिवार र स्थानीयले आत्तिँदै फोन गरेपछि प्रहरी प्रभाग कटुन्जे र प्रहरी वृत्त जगातीबाट तत्काल प्रहरी खटिए। 

एक घण्टाको प्रयासपछि प्रहरीले मंगलबार ५ः५० बजे बालकको सकुशल उद्धार गर्‍यो।  

उद्धारमा आरएनए १६ र स्थानीयले पनि सहयोग गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। 

नेपाल प्रहरीले उक्त बच्चाको उद्धार गरिएको भिडिओ सामाजिक सञ्जालमा राखेको छ। जुन भाइरल भइरहेको छ। 

हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .