गोरखापत्र दैनिकका उपसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षका उमेरमा आज बिहान निधन भएको छ।
ललितपुरको मेडिसिटी अस्पतालमा अउपचारका क्रममा आज बिहान ३ बजे उनको निधन भएको परिवारका सदस्यले जनाएका छन्।
उनको आन्द्रामा अर्बुद भएको थियो। तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाखमा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन्।
शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। रासस
150
Shares

प्रतिक्रिया