बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार कारागार चलान भएकी छन्।
बचतकर्ताको रकम हिनामिना आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेकी २७ वर्षीया सुनार पुर्पक्षका लागि जेल चलान भएकी हुन्।
बागलुङ जिल्ला प्रहरी कार्यालयका अनुसार सहकारी ऐन, २०७४ अन्तर्गतको कसुर मुद्दामा सोमबार जिल्ला अदालत बागलुङमा पेस गरिएको र अदालतको आदेशअनुसार उनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो।
उक्त सहकारी ठगी प्रकरणमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीसमेत जोडिएका छन्।
69
Shares

प्रतिक्रिया