ad ad

समाज


मौसमविद् भन्छन् : अहिलेसम्म हुन नसकेको हिउँदे वर्षा अब होलाजस्तो छ

मौसमविद् भन्छन् : अहिलेसम्म हुन नसकेको हिउँदे वर्षा अब होलाजस्तो छ

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ १६, २०८० मंगलबार ७:४०, काठमाडौँ

पश्चिमी वायु सक्रिय हुँदै गएकाले ३ दिन देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले नेपालमा पश्चिमी वायुको प्रभाव सुरु भइसकेको र क्रमशः सशक्त हुँदै वर्षा र हिमपात गराउने सम्भावना रहेको जानकारी दिए। 

‘अहिलेसम्म हुन नसकेको हिउँदे वर्षा अब होला जस्तो छ’, मौसमविद् अधिकारीले मंगलबार बिहान नेपालखबरसँग कुरा गर्दै भने, ‘तर यसो भनेर त्यस्तो ठूलो, भारी वर्षा त हुँदैन, हल्का वर्षा नै हुने (प्रविधिले) देखाएको छ।’ 

उनका अनुसार वर्षा र हिमपातको सम्भावना देशका पश्चिमी क्षेत्रमा अलि बढी र पूर्वमा अलि कम देखिएको छ।   

यस वर्ष जाडोयाम अन्त्यतिर आइसक्दा पनि हिउँदे वर्षा औसतभन्दा कम भएको छ।  

आजसमेत ३ दिनसम्म देशका विभिन्न स्थानमा वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्। 

यस्तो छ ३ दिनका लागि मौसमविद्ले गरेको वर्षा र हिमपातको अनुमान- 

माघ १६ गते मंगलबार

दिउँसो : देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी भूभागका एक/दूई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। 

राति : कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ १७ गते बुधबार

दिउँसो : गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगयत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान साथै बाँकी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति : लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान, गण्डकी  र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

माघ १८ गते बिहीबार

दिउँसो : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगयत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थान साथै बाँकी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। 

राति : कोसी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। बागमती प्रदेशलगायत देशका भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .