ad ad

समाज


मुगुमा दलितविरुद्ध फेरि अर्को अत्याचार, प्रहरीले जाहेरी दर्ता गर्न नमानेको आरोप (भिडिओ)

मुगुमा दलितविरुद्ध फेरि अर्को अत्याचार, प्रहरीले जाहेरी दर्ता गर्न नमानेको आरोप (भिडिओ)

पीडित सर्पराज नेपाली


नेपालखबर
माघ १५, २०८० सोमबार २०:४४, काठमाडौँ

जातीय विभेदकै कारण स्वास्थ्यकर्मी महिला विस्थापित भएको घटना सेलाउन नपाउँदै मुगुमा फेरि अर्का दलित अन्यायमा परेको घटना सार्वजनिक भएको छ। 

स्थानीय पत्रकार कमल विकका अनुसार सोरु गाउँपालीका–५ नेर बस्ने २५ वर्षीय सर्पराज नेपालीलाई छायानाथ रारा नगरपालिका–१, बसपार्कमा गैरदलितको एउटा समूहले नै जातीय रूपमा होच्याउँदै कुटपिट गरेको हो। 

‘तर घटनामा संलग्नविरुद्ध उजुरी दिन जाँदा जिल्ला प्रहरी कार्यालय मुगुले दर्ता गर्न मानिरहेको छैन’, पत्रकार विकले सोमबार नेपालखबरसँग भने, ‘विभिन्न बहाना बनाएर प्रहरीले पन्छाइरहेको छ।’ 

पीडित सर्पराजले जुम्ला पातारासी गाउँपालीका–६ घर भई हाल गमगढी बजार न्युरोडमा मिलन होटल सञ्चालन गरिरहेकी ३१ वर्षीया कमला थापा, सोही स्थानका २९ वर्षीय प्रकाश थापा र छायानाथ रारा नगरपालिका–१ का २५ वर्षीय प्रकाश मल्लले सार्वजनिक स्थानमा जातीय रूपमा होच्याउने गालीगलोज गर्दै सामूहिक रूपमा कुटपिट गरेको आरोप लगाएका छन्।

उनले आफूलाई भएको जातीय दुर्व्यवहार र कुटपिटबारे बताएको भिडिओ पनि सार्वजनिक भएको छ। 

सुन्नुहोस् पीडितको भिडिओ-

यस्तो छ घटना
जुम्लाको सोरु गाउँपालीका–५ नेर बस्ने सर्पराज नेपाली गाडी चालक हुन्। यही माघ १० गते बिहान उनी यात्रु खोज्दै गाडी लिएर छायानाथ रारा नगरपालिका–२ न्युरोडस्थित बसापार्क पुगे। 

पीडितका अनुसार बिहान ९ बजे न्युरोड गमगढीमा रहेको मिलन गेस्ट हाउस होटल साहुको गाडी पनि बसपार्क आइपुग्यो।

त्यसपछि त्यस गाडीका चालक मोहन पुरी र सहचालक देवीलाल बुढाले ‘तेरो गाडी हाम्रो गाडीभन्दा अगाडि गयो भने गाडी तोडफोड गरिदिन्छु’ भन्दै धम्की दिएको सर्पराजको भनाइ छ। ‘अनि मिलन गेस्ट हाउस होटेलकी सञ्चालक कमला थापासहित प्रकाश थापा र प्रकाश मल्ल आएर मलाई गाडीको सिटबाट बाहिर तानेर त खाते डुम हामीभन्दा ठूलो बन्न पाउँदैनस्, हामीसँग प्रतिस्पर्धा गर्ने त डुम साले भन्दै कुटपिट पनि गरे’, उनले भने।

यसविरुद्ध सोही दिन (माघ १०) गते जिल्ला प्रहरी कार्यालय मुगुमा जाहेरी दिएको तर प्रहरीले दर्ता गर्न नमानेको आरोप पीडितले लगाएका छन्। 

जिल्ला प्रहरी कार्यालयले भने घटनाबारे बुझ्ने काम भइरहेको दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .