ad ad

समाज


हेटौंडाको गैरीगाउँमा टिपरको ठक्करबाट पतिको मृत्यु, पत्नी घाइते

हेटौंडाको गैरीगाउँमा टिपरको ठक्करबाट पतिको मृत्यु, पत्नी घाइते

नेपालखबर
माघ १५, २०८० सोमबार १९:१५, हेटौंडा

हेटौंडा १७ गैरीगाउँमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

कान्तिलोकपथ अन्तर्गत पर्ने सालक पार्कबाट चौघडातर्फ आइरहेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई चौघडाबाट गइरहेको मधेश प्रदेश ०३ ००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्युु हुनेमा हेटौंडा १६ जुरेथुम बस्ने हरि पनेरु रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृतककी पत्नी अर्चना पनेरू घाइते भएकी छिन्। उनलाई उपचारका लागि हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .