ad ad

समाज


मोरङ प्रहरीका थुनुवाहरूलाई डाइनिङ टेबलमा खाना

मोरङ प्रहरीका थुनुवाहरूलाई डाइनिङ टेबलमा खाना

नेपालखबर
माघ १५, २०८० सोमबार १४:२, काठमाडौँ

विभिन्न अपराधको अनुसन्धानका क्रममा हिरासतमा राखिएका थुनुवाहरूका लागि जिल्ला प्रहरी कार्यालयले डाइनिङ रुमको व्यवस्था गरिदिएको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएका थुनुवाहरूका लागि  खाना खान मिल्ने गरी डाइनिङ हलको व्यवस्था गरिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले उक्त डाइनिङ यही माघ १० गते उद्घाटन गरी खाना खाने कार्यको शुभारम्भ गरेका हुन्। 

यसअघि थुनुवाहरूले हिरासतभित्रै भुइँमा बसेर खाना खाने बाध्यता थियो। तर जिप्रका मोरङले थुनुवाहरूको आत्मसम्मान र मानव अधिकारको पूर्ण पालना गर्दै हिरासतमा रहँदा मानवोचित व्यवहारका लागि यो व्यवस्था गरिएको जनाएको छ। 

न्यूनतम् मानवीय व्यवहारको आवश्यकतालाई ख्याल गर्दै थुनुवाहरूका लागि डाइनिङ हल र टेबलको व्यवस्था गरिएको प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले बताए। 

हिरासत परिसरमा डाइनिङ हल र धाराको ब्यवस्था भएपछि थुनुवाहरूले राहत महसुस गरेका उनले बताए। उक्त डाइनिङ हलमा एकै पटकमा ३० जनाले बसेर खान खान सक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .