ad ad

समाज


त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख हमालमाथि प्रहरीबाटै हातपात

त्रिभुवन विमानस्थलका अध्यागमन प्रमुख हमालमाथि प्रहरीबाटै हातपात

विमानस्थलका अध्यागमन प्रमुख गोगन हमाल


नेपालखबर
माघ १२, २०८० शुक्रबार १५:५५, काठमाडौँ

त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालमाथि विमानस्थलकै प्रहरीले हातपात गरेका छन्। 

अध्यागमन कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न खोज्दा प्रमुखमाथि नै प्रहरीले हातपात गरेको अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले नेपालखबरलाई जानकारी दिए। 

‘अध्यागमन कर्मचारीमाथि हातपातको रिपोर्ट भएको थियो’, उनले भने, ‘कसको गल्ती भनेर सीसीटीभी कार्यकक्षमा हेर्दा प्रहरीले ज्यादती गरेको भेटियो र त्यसबारे प्रहरीसँग बुझ्दा हाकिममाथि पनि हातपात भएको हो।’ 

यता प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले भने चेकजाँचका क्रममा सामान्य विवाद भएको बताए। 

उनका अनुसार अहिले अध्यागमन र प्रहरीसहितको आकस्मिक बैठक बसिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .