प्रहरीले तीन बिघा जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ।
मकवानपुरको राक्सिराङ गाउँपालिका-६ सिलिङ्गे र वडा नम्बर-७ काम्लेटारमा लगाइएको अफिम खेती इलाका प्रहरी कार्यालय मनहरीको टोलीले बिहीबार नष्ट गरेको हो।
इप्रका मनहरीबाट प्रहरी निरीक्षक दीपक थापाको कमाण्डमा खटिएको १५ जनाको टोलीले लामो दूरीको गस्तीका क्रममा उक्त अफिम खेती नष्ट गरेको हो।
नेपालमा अफिम र गाँजा खेतीलाई अवैधानिक मानिन्छ। यी दुवैलाई सरकारले लागुऔषधका रुपमा प्रतिबन्धित सूचीमा राखेको छ।
108
Shares
प्रतिक्रिया