ad ad

समाज


काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारले सम्हाले जिम्मेवारी

भने : स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला
काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत परियारले सम्हाले जिम्मेवारी

तस्बिर : काठमाडौँ महानगरपालिका


नेपालखबर
माघ १०, २०८० बुधबार १८:०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारले बुधबार पद बहाली गरेका छन्।

गत माघ ३ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार उनी राष्ट्रिय योजना आयोगबाट सरुवा भएर काठमाडौँ महानगरपालिका आएका हुन्

उक्त निर्णयबाट निवर्तमान प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी मधेसी आयोगमा सरुवा भएर गएका छन्। 

पदवहालीपछि विभागीय प्रमुखहरूसँगको परिचयात्मक कार्यक्रममा परियारले वार्षिक नीति तथा कार्यक्रममा साझा दृष्टि बनाएर समूहगत कार्य प्रणालीबाट लक्ष्य प्राप्त गर्नुपर्ने बताए।

‘स्थानीय सरकार लोकतन्त्रको प्रयोगशाला हो। हाम्रो सेवा प्रणालीबाट यसको परीक्षण हुन्छ। यसका लागि हामीले काम गर्नु पर्नेछ’, उनले भने।

सांस्कृतिक पहिचान र पर्यटन प्रवर्धनमा काठमाडौँले काम गर्नु पर्ने बताउँदै उनले महानगर गौरब र स्वर्णिम योजनालाई सफल बनाउन, जनप्रतिनिधिको नीति र कार्यक्रमलाई कर्मचारी संयन्त्रले प्रभावकारी कार्यान्वयन गरेर सफलता प्राप्त गर्ने काममा दृढ रहेको उल्लेख गरे।

२०६९ सालमा नायव सुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका परियार २०७० सालमा शाखा अधिकृत र २०७८ सालमा राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव पदमा पदस्थापन भएका थिए।

उनले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, गृह मन्त्रालय, सहरी विकास मन्त्रालयलगायत कार्यालयमा काम गरेका छन्। 

परियारले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट पब्लिक पोलिसी विषयमा स्नातकोत्तर गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .