ad ad

समाज


अयोध्याको राम मन्दिर हेर्न उर्लियो भीड, कैयौँ भक्तजन घाइते (भिडिओ)

अयोध्याको राम मन्दिर हेर्न उर्लियो भीड, कैयौँ भक्तजन घाइते (भिडिओ)

अयोध्याको राम मन्दिर हेर्न मंगलबार उर्लिएको भीड। तस्बिर : एएनआई


नेपालखबर
माघ ९, २०८० मंगलबार २०:५८, काठमाडौँ

भारतको अयोध्यास्थित राम मन्दिर सोमबार प्राणप्रतिष्ठ पछि पहिलोपटक मंगलबार सर्वसाधारणका लागि खोलिएको छ।

पहिलो दिन नै ठूलो संख्यामा भक्तजन मन्दिरमा पुगेका थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार भीड सम्हाल्न प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो। त्यस क्रममा धेरै जना भक्तजन घाइते भएको पनि समचारमा जनाइएको छ। 

सार्वजनिक भिडिओमा दर्शनका लागि ठूलो संख्यामा आएका भक्तजनले सुरक्षा घेरा तोडेर मन्दिर परिसरमा प्रवेश गरेको देखिन्छ।

अर्को भिडिओमा अधिकारीहरूले एक व्यक्तिलाई स्ट्रेचरमा उठाएर मन्दिर परिसरबाट बाहिर निकालेर एम्बुलेन्समा राखेको देखिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .