ad ad

समाज


सशस्त्र डीएसपी सौरभ महानिरीक्षक निसानबाट सम्मानित

सशस्त्र डीएसपी सौरभ महानिरीक्षक निसानबाट सम्मानित

नेपालखबर
माघ ९, २०८० मंगलबार २१:१०, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालले आज २३ औं शसस्त्र प्रहरी दिवसको अवसरमा शसस्त्र प्रहरी नायव उपरीक्षक डाक्टर सौरभ श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी बल निसान प्रशंसापत्र प्रदान गरेको छ।

उनलाई सशस्त्र प्रहरी बललाई प्राप्त विभिन्न कार्यादेशहरुको सम्पादन प्रभावकारी एवं उत्कृष्ट ढंगबाट गरी संगठनको गरिमा राख्ने कार्य गरेको भन्दै आज प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यो पुरस्कार प्रदान गरेका हुन्।

उनीलगायतको टीमले कोभिड महामारीका बेला कोरोना प्रभावितहरुको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। उनीसँगै शसस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी पोखरेल, दीपेन्द्र शाह, शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापा, शसस्त्र प्रहरी उपरीक्षक समिक महर्जन, प्रहरी नायब उपरीक्षक विजय हमाल पनि सम्मानित भएका थिए।

त्यसैगरी नेपाल आर्मीका मेजर जर्नेल बाबुराम श्रेष्ठ पनि सशस्त्र प्रहरी महानिरीक्षक सशस्त्र प्रहरी बल निसान प्रशंसापत्र प्रदान गरिएको थियो।  

२३औं सशस्त्र प्रहरी दिवस–२०८० कै अवसरमा आज प्रधान कार्यालय हल्चोक स्वयम्भुमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको थियो।

सो अवसरमा महानिरीक्षक अर्यालले एपीएफ सम्मान, उत्कृष्ट शिक्षालय, गण, गुल्म, ‘बेस्ट इन्टिग्रिटी अफिसर अवार्ड, राष्ट्रव्यापी खुला कविता प्रतियोगिताका उत्कृष्ट कविहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाललाई सहयोग पुर्याउने संघसंस्था, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई पनि कदर पत्र प्रदान गर्नुका साथै विभिन्न कल्याणकारी योजनाको समेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .