सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ वजेर ४६ मिनेट जाँदा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपास केन्द्र विन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का बैतडी, बझाङ, अछाम, दार्चुला लगायतका जिल्लामा महसुस गरिएको छ।
एक महिना अघि पनि बझाङ नै केन्द्र विन्दु भएर भूकम्प गएको थियो।

प्रतिक्रिया