समाज


सिन्धुपाल्चोकको तिपेनी प्रहरी चौकीमा मध्यराति आक्रमण, असईसहित दुई प्रहरी घाइते

सिन्धुपाल्चोकको तिपेनी प्रहरी चौकीमा मध्यराति आक्रमण, असईसहित दुई प्रहरी घाइते

नेपालखबर
माघ २५, २०७६ शनिबार १:२७,

सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा मध्यराति आक्रमण भएको छ।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रज्ज्वल महर्जनका अनुसार शुक्रबार राति आएको एक समूहले तिपेनी प्रहरी चौकीमा आक्रमण गरेको हो।

आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन्। 

१०-१२ वटा मोटरसाइकलमा आएको समूहले प्रहरी चौकीमा एक्कासि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ।

‘उच्छृंखल समूह आएको रहेछ, तिनलाई प्रहरीले सम्झाईबुझाई गर्दा प्रहरीलाई नै आक्रमण गरेछन्,’ अहिले घटनास्थलमै रहेका एसपी महर्जनले नेपालखबरसँग टेलिफोनमा भने, ‘चौकी बाहिर राखिएको चिर्पटलगायतले जथाभावी प्रहार गरेका रहेछन्।’

उनले ‘उच्छृंखल समूह’ भने पनि ती मानिस स्थानीय हुन् वा बाहिरका? कुन उद्देश्यले आएका थिए आदि कुरा अहिले खुलाउन नमिल्ने बताए।

‘अहिले हामी व्यापक रूपमा आक्रमणकारीको खोजीमा लागेका छौं, सबै कुरा खुलिसकेको छैन,’ उनले भने।

अन्धाधुन्ध आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको थियो। 

घटनालगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टाेली  तिपेनीमा गएको छ भने जिल्ला प्रहरी प्रमुख एसपी प्रज्ज्वल महर्जन पनि राति नै घटनास्थल पुगेका हुन्। 

घटनामा संलग्न एकजना र चार मोटरसाइकल नियन्त्रणमा
प्रहरीले घटनामा संलग्न एक जनासहित आक्रमणकारीहरूले प्रयोग गरेका चार मोटरसाइकल नियन्त्रणमा लिएको छ।

अहिले घटनास्थलमै रहेका सिन्धुपाल्चोक प्रहरी कार्यालयका एसपी प्रज्ज्वल महर्जनले घटना गम्भीर रहेकाले पक्राउ परेका व्यक्तिको नाम अहिल्यै सार्वजनिक गर्न नमिल्ने बताए।

‘हामी घटनाको अनुसन्धानै छौं, घटनामा संलग्न अन्यको व्यापक खोजी गरिरहेका छौं,’ एसपी महर्जनले  भने, ‘घटना अनुसन्धान भइरहेकाले अहिले नाम सार्वजनिक गर्नु उचित हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad