छिमेकी मुलुक चीनबाट सुरु भएर विश्वव्यापी भएको निमोनिया उत्पन्न गराउने नोवल कोरोना भाइरस संक्रमणको प्रकोप र जोखिम दिनदिनै बढ्दो छ।
निमोनियालगायत श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउने भाइरसका कारण विश्वभर आतंक सिर्जना भएको।
विश्वका दुई दर्जनभन्दा बढी देशमा पुगिसकेको भाइरस संक्रमण रोक्न विश्वव्यापी रणनीति आवश्यकछ।
आजको कान्तिपुर दैनिकमा अनुसार चिकित्सकीय मास्कले श्वासप्रश्वाससम्बन्धी केही रोग फैलन नदिने भए पनि मास्क लगाउनाले मात्रै कोरोना भाइरस संक्रमणबाट बच्न सक्ने ग्यारेन्टी हुँदैन।
मास्क लगाउनुका साथै नियमित साबुनपानीले हात हुने, श्वासप्रश्वाससम्बन्धी स्वच्छता अपनाउने, शंकास्पद व्यक्तिसँग न्युनतम एक मिटर टाढा बस्ने लगायतका सावधानी अपनाउन सके केही हदसम्म कोरोना संक्रमणबाट बच्न सकिन्छ।

प्रतिक्रिया