ad ad

समाज


काठमाडौँको महाराजगन्ज क्षेत्रमा एक सातासम्म विद्युत कटौती हुने

काठमाडौँको महाराजगन्ज क्षेत्रमा एक सातासम्म विद्युत कटौती हुने

फाइल तस्बिर


नेपालखबर
माघ ६, २०८० शनिबार ८:५७, काठमाडौँ

आज (शनिबार) देखि काठमाडौँको महाराजगन्ज क्षेत्रमा एक सतासम्म विद्युत् कटौती हुने भएको छ। 

महाराजगन्ज वितरण केन्द्रका विभिन्न स्थानमा दिनहुँ चार घण्टाका दरले एक सातासम्म विद्युत् कटौती हुने विद्युत् प्राधिकरणलेले जनाएको छ।

नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युत लाइन भूमिगत गर्नुपर्ने भएकाले आजदेखि माघ १३ गतेसम्म  बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। 

आज महाराजगञ्जको मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, ८ गते चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्र, ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र र १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ।

त्यसैगरी माघ ११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र, १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्मको क्षेत्र र १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रमा बिजुली कटौती हुने प्राधिरणले जनाएको छ। 

तर, तोकिएको दिन काम गर्न नसकिने गरी मौसम प्रतिकूल भए विद्युत आपूर्ति बन्द नहुने सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .