ad ad

समाज


स्कुल बसबाट ओर्लेर घर जान लागेका बालकलाई बसले ठक्कर दियो

स्कुल बसबाट ओर्लेर घर जान लागेका बालकलाई बसले ठक्कर दियो

नेपालखबर
माघ ५, २०८० शुक्रबार १८:५५, काठमाडौँ

स्कुल बसले ठक्कर दिँदा पोखरामा एक बालकको ज्यान गएको छ।

विद्यालयबाट स्कुल बसमा घर फर्केका बालकलाई ओर्लनासाथ सोही बसले ठक्कर दिएको थियो।

कास्कीको पोखरा महानगरपालिका–२४ कास्किकोट काउलेस्थित ग १ क ४०८२ नं. को श्री बाल प्रतिभा बोर्डिङ स्कुलको बसले सोही विद्यालयमा नर्सरीमा पढ्ने विद्यार्थी वर्ष ३ को समीर कार्कीलाई ठक्कर दिएको हो।

स्कुल बसबाट झरेर घरतर्फ जाने क्रममा उक्त बसले ठक्कर दिँदा घाइते भएका समीरलाई उपचारका लागि मेट्रोसिटी अस्पताल ल्याइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

उक्त स्थानमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी टोली खटिई बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .