ad ad

समाज


दुर्गा प्रसाईलाई चप्पल हान्नेविरुद्ध प्रहरीमा जाहेरी

दुर्गा प्रसाईलाई चप्पल हान्नेविरुद्ध प्रहरीमा जाहेरी

नेपालखबर
माघ ५, २०८० शुक्रबार १७:२३, काठमाडौँ

नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाइँ कार्यक्रम भन्दै बागलुङ पुगेका प्रसाईलाई बिहीबार चप्पल हान्ने व्यापारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ।

प्रसाईलाई चप्पल हान्ने बागलुङ बजारका जुत्ता व्यापारी ३८ वर्षीय रामकान्त गौतमविरुद्ध स्थानीय सुनिल श्रेष्ठले शुक्रबार जाहेरी दर्ता गराएका हुन्। 

‘बागलुङ नगरपालिका-२ स्थित लोकतान्त्रिक चोकमा आयोजित आमसभामा राष्ट्र राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईका शुभचिन्तकले माला लगाई कार्यक्रमस्थल तर्फ जाँदै गर्दा बागलुङ नगरपालिका-७ बस्ने ३८ वर्षीय रामकान्त गौतमले एक्कासि चप्पल प्रहार गरी अभद्र व्यवहार गरेकोले निजलाई कानुन बमोजिम कारबाही गर्न यो जाहेरी दरखास्त पेश गरेको छु’, जाहेरीमा भनिएको छ। 

प्रसाईमाथि हातपात गरेका गौतमलाई पक्राउ गरी बिहीबार नै जिल्ला प्रहरी कार्यलय बागलुङको हिरासतमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले गौतमलाई हिरातसमा लिएर अनुसन्धान भइरहेको जनाएको छ। 

आफूमाथि हातपात प्रयासपछि प्रसाईले फागुन १ पछि कडा आन्दोलन चलाउने बताएका थिए। उनले फागुन १ पछिको आन्दोलनबाट व्यवस्था फेरेर सम्पूर्ण नागरिकको धितो मिनाहा गरिने बताएका थिए। 

उनले आफूलाई कुटपिट प्रयास गरिएकोबारे टिप्पणी गर्दै नचलाउन आग्रह गरेका थिए। प्रसाईले आफू टाइटनिक जहाज जस्तै भएको बताउँदै आफूसँग ठोक्किएर अरु चकनाचुर हुने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .