ad ad

समाज


बागलुङ पुगेका दुर्गा प्रसाईलाई कुटपिट प्रयास, एकजना पक्राउ

बागलुङ पुगेका दुर्गा प्रसाईलाई कुटपिट प्रयास, एकजना पक्राउ

नेपालखबर
माघ ४, २०८० बिहिबार १४:५९, काठमाडौँ

अभियान लिएर बागलुङ पुगेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कुटपिटको प्रयास भएको छ। 

नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाइँ कार्यक्रम भन्दै बागलुङ पुगेका प्रसाईलाई बिहीबार कुटपिट प्रयास भएको हो।

बागलुङस्थित कार्यक्रमस्थलमा पुगेका प्रसाईलाई स्थानीय ३७ वर्षीय रामकान्त गौतमले हातपात प्रयास गरेका हुन्। 

प्रसाईमाथि हातपात प्रयास गरेका गौतमलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय बागलुङको हिरासतमा राखिएको छ। 

जिल्ला प्रहरी कार्यालय बागलुङले गौतमलाई हिरातसमा लिएर अनुसन्धान भइरहेको बताएका छन्।

आफूमाथि हातपात प्रयासपछि प्रसाईले फागुन १ पछि कडा आन्दोलन चलाउने बताए। उनले फागुन १ पछिको आन्दोलनबाट व्यवस्था फेरेर सम्पूर्ण नागरिकको धितो मिनाहा गरिने बताए। 

उनले आफूलाई कुटपिट प्रयास गरिएकोबारे टिप्पणी गर्दै नचलाउन आग्रह गरे। प्रसाईले आफू टाइटनिक जहाज जस्तै भएको बताउँदै आफूसँग ठोक्किएर अरु चकनाचुर हुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .