ad ad

समाज


बनेपाका वडाध्यक्ष १५ लाख घूससहित भक्तपुरमा पक्राउ

बनेपाका वडाध्यक्ष १५ लाख घूससहित भक्तपुरमा पक्राउ

नेपालखबर
माघ ४, २०८० बिहिबार ०:१६, काठमाडौँ

काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे १५ लाख रुपैयाँ घूसहित बुधबार भक्तपुरको गठ्ठाघरमा रंगेहात पक्राउ परेका छन्।

घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले वादेलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घूस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ।

वादेको साथबाट स्रोत नखुलेको १० हजार जापानी येन, एक सय अमेरिकी डलरको नोट र ह्युन्डाईको आईटेन कार पनि बरामद भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन्।

साथै चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको घिमिरेले बताए।

वादे २०७९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .