ad ad

समाज


एलओडी क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा

एलओडी क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा

नेपालखबर
माघ २, २०८० मंगलबार १२:५०, काठमाडौँ

ठमेलस्थित ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा परेको छ। बेलायतस्थित डिजे म्यागले छनोट गर्ने सन् २०२४ को क्लब क्याम्पियनमा एलओडी पुन: परेको हो। 

म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गर्छ। 

टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ। तल देखिएको फोटोलाई स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ।

एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा गौरवको अनुभूति भइरहेको क्लबका निर्देशक भुपेन कुँवरले बताए। 

सय क्लबको छनोटमा पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिने उनको भनाइ छ। 

'यसपटक अझै माथि उक्लिन सकिने आशा लिएका छौ,' कुँवरले भने,' क्लबका लागि आवश्यक पुर्वाधार,सुरक्षा व्यवस्था तथा कलाकार र डिजे म्युजिकको राम्रो व्यवस्था गरिरहेका छौँ।' 

पछिल्लो समय ठमेलमा पर्यटक आउनुको कारण क्लबिङ कल्चर बनेको कुँवरको भनाइ छ।

रात्रिकालीन व्यावसाय तथा क्लबिङले आन्तरिक र बाह्य पर्यटकको प्रवर्द्धन गर्न सहयोग गरिरहेको उनको विश्वास छ। एलओडी क्लब यसअघि विश्वकै ५२ र ४९ औँ स्थानमा परिसककेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .