ad ad

समाज


आलोचना भएपछि चन्द्र भण्डारीले लेखे : अपराधलाई समर्थन र अपव्याख्या गर्नु पनि महाअपराध

आलोचना भएपछि चन्द्र भण्डारीले लेखे : अपराधलाई समर्थन र अपव्याख्या गर्नु पनि महाअपराध

नेपालखबर
पुस २७, २०८० शुक्रबार १५:५४, काठमाडौँ

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफूले सामाजिक सञ्जालमा लेखेको विषयलाई बुझिदिन शुभचिन्तकहरूसँग आग्रह गरेका छन्।

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएपछि नेता भण्डारीले सामाजिक सञ्जालमा बलात्कारसम्बन्धी कानुनी व्याख्याको आवश्यकता महसुस गरेका थिए।

भण्डारीले लेखेका थिए,  ‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता छ। कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्काररु बलात्कार भनेको के हो? अनि प्रेम के हो? प्रेम बलात्कारमा परिणत हुन्छ हुँदैन? परिभाषाको आवश्यकता।’

भण्डारीको यो ट्विटलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी हुन थालेपछि उनले शुभचिन्तकप्रति पर्न गएको असरप्रति दुःख व्यक्त गरेका छन्।

भण्डारीले शुक्रबार पुनः ट्विट गर्दै लेखेका छन्, ‘शुभचिन्तकप्रति पर्न गएको असर प्रति दुःखी छु। आसयलाई बुझी दिन पनि आग्रह। बलात्कार जस्तो अपराध महाअपराध हो। अपराधलाई सर्मथन र अपव्याख्या गर्नु पनि महाअपराध हो। सतर्क! मानिस ज्ञानले मात्र पूर्ण हुँदैन विवेक बिना।समान न्यायको लागि कठोर यात्राका हामी सहयात्री हौं कहिले रुकिँदैन यो यात्रा।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .