अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरिएको छ। लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्दै , लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि साधारणसभाले गरेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ।
अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङबीचमा बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी-१ जलविद्युत परियोजना २०७६ असोज १६ गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत आपुर्ति गर्दै आएको छ।
69
Shares
प्रतिक्रिया