चितवनको खैरहनी नगरपालिका-११ का एकजना स्थानीयलाई गोहीले टोकेर घाइते बनाएको छ।
स्थानीय ३६ वर्षीय वसन्त दराई घरनजिकै रहेको खोला तर्ने क्रममा अचानक गोहीले दुवै खुट्टामा टोक्दा घाइते भएका हुन्।
बुधबार राति खोलो तर्ने क्रममा गोहीले टोक्दा दुवै खुट्टामा गहिरो चोट लागेका उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पतालमा भर्ना गरिएको छ।
अहिले उनको भरतपुर अस्पतालमा खतरामुक्त अवस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ।
264
Shares

प्रतिक्रिया