प्रधानमन्त्री पुष्प कमल दाहाल‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान(न्याम्स)का पदाधिकारीसँगको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले गुणस्तरीय र शुलभ हुनुपर्ने बताए।
वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको प्रधानमन्त्रीले उल्लेख गरे।
‘बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा गुनासो गर्ने अवसथा आउनु भएन’, दाहालले भने।
वीर अस्पतालले परम्परागतभन्दा पनि जनताले अनुभूति गर्नेगरी सेवा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।
छलफलमा न्याम्सका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधान उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरे।

Shares

प्रतिक्रिया