ad ad

समाज


तराईमा हुस्सु र कुहिरो, तीन प्रदेशको मौसम बदली

तराईमा हुस्सु र कुहिरो, तीन प्रदेशको मौसम बदली

नेपालखबर
पुस २६, २०८० बिहिबार ६:१६, काठमाडौँ

यतिबेला (बिहीबार बिहान)  नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली क्रियाशील नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज नेपालबाट पश्चिमी वायुको आंशिक प्रभाव हटेको छ। बुधबार नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव थियो। 

अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका अधिकांश भूभागलाई हुस्सु र कुहिरोले ढाकेको छ।

बिहीबार दिउँसाे पनि कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने भने बाँकी भूभागकाे मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने छ। 

त्यसैगरी शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने राति सुदुरपश्चिम र प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .