समाज


बाँकेमा सीमा क्षेत्र चिटिक्क बनाउँदै सशस्त्र प्रहरी

बाँकेमा सीमा क्षेत्र चिटिक्क बनाउँदै सशस्त्र प्रहरी

नेपालखबर
पुस २४, २०८० मंगलबार १५:११, काठमाडौँ

बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका जमुनाहस्थित नेपाल भारत प्रवेशद्वारमा सशस्त्र प्रहरीले सीमा क्षेत्र सौन्दर्यीकरण कार्यक्रमको शुभारम्भ गरेको छ।

कार्यक्रम नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको तत्वावधान र नेपालगन्ज उप–महानगरपालिकाको सहकार्यमा नं ३० बागेश्वरी गण बाँकेले आयोजना गरेको थियो।

कार्यक्रम अन्तर्गत जमुनाहस्थित नेपाल–भारत प्रवेशद्वारको सरसफाइ र रंगरोगनसहित गमलामा विभिन्न प्रजातिका बिरुवा र फूल राखिएका छन् भने प्रवेशद्वारमा राष्ट्रिय झण्डा समेत राखिएको छ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको क्विक इम्प्याक्ट प्रोजेक्ट अन्तर्गत नं ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीको सौजन्यमा स्थानीय बासिन्दा र नेपाल भारत सीमा आवतजावत गर्ने सर्वसाधारणका लागि यूभी फिल्टर जडित शुद्ध खानेपानी समेत राखिएको छ।

झण्डोत्तोलन तथा खानेपानी सेवाको सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल तथा नेपालगंज उप–महानगरपालिका प्रमुख प्रशान्त बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्टले सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रमा गर्ने यस प्रकारका कार्यहरुमा नेपालगञ्ज उप–महानगरपालिकाले सदैव सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यस्तै बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले सशस्त्र प्रहरी बल, नेपालले गरेका यस्ता कार्यहरु सराहनीय रहेको बताए।

त्यसैगरी बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्रीले सीमा क्षेत्रमा सौन्दर्यीकरण गर्ने कार्यलाई अभियानको रुपमा क्रमशः अन्य जिल्लामा समेत संचालन गर्ने र सशस्त्र प्रहरी बल, नेपालले क्विक इम्प्याक्ट प्रोजेक्टको रुपमा सर्वसाधारणलाई तत्काल सेवा प्रदान गर्न खानेपानी लगायतका सेवाहरु उपलब्ध गराउने कार्यको शुरुआत समेत गरिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad