ad ad

समाज


स्काउटको स्थानीय पालिका परिषद् निर्वाचनका लागि १६ सय १३ जनाले दिए उम्मेदवारी

स्काउटको स्थानीय पालिका परिषद् निर्वाचनका लागि १६ सय १३ जनाले दिए उम्मेदवारी

नेपालखबर
पुस २३, २०८० सोमबार १५:३७, काठमाडौँ

नेपाल स्काउटको निर्वाचन अन्तर्गत स्थानिय पालिका परिषद् निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ।

देशभरीबाट स्थानीय परिषद् सदस्यका लागि एक हजार छ सय तेह्र जनाले उम्मेदवारी दिएको केन्द्रीय निर्वाचन समितिका संयोजक मुकुन्द अधिकारीले जानकारी दिए।

विस २०६८ पछि निर्वाचन गर्ने प्रयोजनका लागि बनेका ४ वटा तदर्थ समितिहरूले स्काउटको निर्वाचन गराउन सकेका थिएनन्। करिब १२ वर्षपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र केन्द्रीय परिषद्को निर्वाचन हुन लागेको हो।

नेपाल स्काउटले पूर्व निर्धारित निर्वाचन तालिका अनुसार आइतबार स्थानीय परिषद् सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गराएको हो। स्थानीय परिषदको निर्वाचन पुस २७ देखि २९ मा हुनेछ भने प्रदेश र केन्द्रीय परिषद्को निर्वाचान काठमाडौंमा हुने नेपाल स्काउटले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .