ad ad

समाज


उच्च अदालतका ३९ जना न्यायाधीशले लिए शपथ

उच्च अदालतका ३९ जना न्यायाधीशले लिए शपथ

नेपालखबर
पुस २३, २०८० सोमबार १४:३०, काठमाडौँ

उच्च अदालतका नवनियुक्त ३९ जना न्यायाधीशले शपथ लिएका छन्।

सोमबार पाटन उच्च अदालतमा मुख्यन्यायाधीश नृपध्वज निरौलाले न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ दिलाए।

शपथ समारोहमा कानुनमन्त्री धनराज गुरुङ र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत उपस्थित थिए।

पुस १८ मा बसेको न्याय परिषद् बैठकले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको थियो।

जसमा जिल्ला अदालतकामध्येबाट २६ जना, न्याय सेवाका कर्मचारीबाट चारजना र कानुन व्यवसायीबाट ९ जनाको नाम सिफारिस भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .