समाज


चितवनमा बोराभित्र भेटिएका दुवै शवको पहिचान ४६ दिनपछि खुल्यो

चितवनमा बोराभित्र भेटिएका दुवै शवको पहिचान ४६ दिनपछि खुल्यो

नेपालखबर
पुस २३, २०८० सोमबार १३:४४, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्टमुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान खुलेको छ। 

घटनाको ४६ दिनपछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको हो। घर भारत भई भरतपुरमा व्यापार गरी बस्दै आएका उनीहरु नाताले श्रीमान श्रीमती रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरूको हत्यामा संलग्न पनि भारतीय नै रहेको खुलेको छ। 

घटनामा संलग्नले सुरुमा श्रीमान् र त्यसपछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

भरतपुर महानगरपालिका-१२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरामा बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक पुरुष र महिलाको शव भेटिएको थियो। 

घटनापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश प्रहरी हेटौंडा र चितवन प्रहरीले संयुक्त अनुसन्धान गरेका थिए।

प्रहरीले अनुसन्धानका क्रममा दुई पटकसम्म मृतकको अनुहारको स्केच सार्वजनिक गरेको थियो। 

यस घटनाबारे सोमबार नै चितवन प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad