ad ad

समाज


कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर भेटियो

कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर भेटियो

नेपालखबर
माघ २३, २०७६ बिहिबार ८:५६,

कलंकीमा दुई जनाको मृत्यु हुने गरी मोटरसाइकललाई ठक्कर दिएर भागेको टिपर नख्खुडोलमा भेटिएको छ। नख्खु खोलाको पुल छेउको चन्द्रसूर्य ग्यारेज भेटिएको टिपर प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले सीसी टीभी फुटेज र र्‍याडम चेकजाँचका आधारमा खोजतलास गरी बा४ख ८५७९ नम्बरको टिपर नियन्त्रणमा लिएको जनाएको छ।

कलंकीको अण्डरपासमा बल्खुबाट कलंकीतर्फ आइरहेको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश २–०३००४ प ५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा रौतहटका हटहरिया गाउँपालिका–४ का १९ वर्षका राकेशकुमार चौधरी र कटहरिया–७ का २४ वर्षका मुन्ना चौधरी रहेका छन्।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो।

फरार रहेका टिपर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .