ad ad

समाज


भर्खर जन्मिएकी शिशु कोरोनाबाट संक्रमित

भर्खर जन्मिएकी शिशु कोरोनाबाट संक्रमित

नेपालखबर
माघ २३, २०७६ बिहिबार ६:५,

कोरोना संक्रमित महिलाबाट स्वस्थ रुपमा जन्मिएकी शिशुमा जन्मिएको ३० घण्टापछि कोरोना देखिएको बीबीसीले जनाएको छ।

गत फेब्रुअरी २ मा वुहानको एक स्थानीय अस्पतालमा शिशुको जन्म भएको थियो। कोरोनो संक्रमित सुत्केरी महिला पहिल्यैदेखि क्वारेन्टाइनमा थिइन्।

क्वारेन्टाइनमै स्वस्थ्य शिशु जन्मिएपछि डाक्टरहरुले खुशी व्यक्त गरेका थिए। अधिकारीहरुका अनुसार कोरोनाबाट संक्रमित बनेकी यी शिशु सबैभन्दा कम उमेरको पहिलो संक्रमित हुन्।

सिन्ह्वाका अनुसार ती शिशु जन्मदा उनको उमेर ३.२५ केजी थियो।

The unidentified woman went into labour on January 30. Doctors later confirmed she had caught the SARS-like infection. Pictured, a doctor holds the woman's baby

बिहीबारसम्म चीन र अन्य दुई मुलुकमा गरी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६५ पुगेको छ।

भाइरसका कारण चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।

यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एक–एक जनाको मृत्यु भएको छ।

चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार १८ पुगेको छ। चीन र अन्य २ दर्जन मुलुकमा गरी कोरोना संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .