ad ad

राजनीति


अख्तियारलाई धन्यवाद दिँदै थापाले भने : न्यायालयको अग्निपरीक्षा सुरु भयो

अख्तियारलाई धन्यवाद दिँदै थापाले भने : न्यायालयको अग्निपरीक्षा सुरु भयो

नेपालखबर
माघ २३, २०७६ बिहिबार ६:४,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बालुवाटार जग्गा प्रकरण न्यायालयका लागि अग्निपरीक्षा भएको बताएका छन्।

बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री र पूर्वसचिवसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि अध्यक्ष थापाले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले  यो कदम भ्रष्टाचारविरुद्ध महत्वपूर्ण  भएको भन्दै अख्तियारलाई धन्यवादसमेत दिएका छन्।

अख्तियारले मुद्दा अदालतमा दर्ता गरेपछि न्यायलयको अग्निपरीक्षा सुरु भएको भन्दै उनले निर्दोष पर्न नहुने र अपराधीले उन्मुक्ति पाउन नहुने बताएका छन्।

‘ललिता निवास जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेर भ्रष्टाचार विरुद्ध महत्वपूर्ण कदम चालेको छ। अख्तियारलाई धन्यवाद’, अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्, ‘अब न्यायालय अग्निपरीक्षामा छ।निर्दोष कोही नपरुन्, अपराधी कसैले उन्मुक्ति नपाउन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .