ad ad

समाज


अझै उठेन जयशंकरको शव, बरहथवामा दिनभर प्रदर्शन

सीडीओ कार्यालयमा सर्वपक्षीय बैठक
अझै उठेन जयशंकरको शव, बरहथवामा दिनभर प्रदर्शन

नेपालखबर
पुस २१, २०८० शनिबार १७:१२, काठमाडौँ

सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै घटनास्थलमै छ। बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको शुक्रबार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।

उनको शव शनिबार साँझसम्म पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

उनका अनुसार शनिबार दिनभरी नै बरहथवामा प्रदर्शन भइरहेको छ। ‘अहिले सीडीओ कार्यालय मलगंवामा सर्वपक्षीय बैठक भइरहेको छ,’ उनले भने।

मृतकका आफन्त र आन्दोलनरत स्थानीयले दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपुर्तिको माग गर्दै प्रहरीलाई शव उठाउन नदिएका हुन्। 

गृह मन्त्रालयले पीडित परिवारलाई १० लाख दिने निर्णय गरिसकेको छ। त्यस्तै उक्त घटनाबारे छानबिन गर्नका लागि तीन सदस्यीय समिति पनि बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .