ad ad

समाज


कस्तो हुन्छ आजको मौसम?

कस्तो हुन्छ आजको मौसम?

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०८० शनिबार ७:२५, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

यतिबेला (शनिबार बिहान) कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

शनिबार दिउँसो कोशी, मधेश बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा शनिबार दिउँसोपख हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। शनिबार बिहान तराई मधेशका भूभागमा लागेको हुस्सु र कुहिरो दिउँसोपख हट्दै जाने महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .