काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शनिबार) केही बढेको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आज बिहान ६:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस देखिएको हो।
हिजो शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको थियो।
‘आज राति आकाशमा बादल लागेको थियो, त्यही भएर न्यूनतम तापक्रम बढ्यो’, मौसमविद् कँडेलले भनिन्।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने राति आकाश खुला भयो भने न्यूनतम तापक्रम घट्छ।
आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको उनले बताइन्। शुक्रबार उपत्यकाको अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो।
आज काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्था रहने सम्भावना रहेको मौसमविद् कँडेलको भनाइ छ। अर्थात् दिउँसो घाम लाग्छ।
देशभरका लागि : कस्तो हुन्छ आजको मौसम?
Shares
प्रतिक्रिया